उम्ब्रो ब्रान्डको सामान किनेका भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी इंग्लिस प्रिमियर लिग हेर्ने मौका पाएका छन्।
उम्ब्रोको ‘रोड टु वेस्ट ह्याम’ अभियान अन्तर्गत अनमोल र सुनजले इपिएपलअन्तर्गत म्यान्चेस्टर युनाइटेड र वेस्टहमबीचको खेल स्टेडियममै गएर हेर्ने पाएका हुन्।
उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्सले आइतबार गरेको लक्की ‘ड्र’ मार्फत अनमोल र सुनजले यो मौका पाएका हुन्। लक्की ड्र नेपाल राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अञ्जन विष्ट र मिडफिल्डर एरिक विष्टले गरेका थिए।
वेस्टहम र म्यानचेस्टर युनाइटेडबीचको खेल मे ७ मा हुनेछ। यो खेल हेर्न उनीहरुले लन्डनको दुईतर्फी टिकटसँगै ३ रात र ४ दिनको आवास सुविधा पाएका पनि पाएका छन्।