उर्जन श्रेष्ठ बने फ्रेन्ड्स क्लबको मुख्य प्रशिक्षक

Read Time:1 Minute

यू–१७ टिमका मूख्य प्रशिक्षक उर्जन श्रेष्ठ ए डिभिजन क्लब फ्रेन्ड्सको मुख्य प्रशिक्षक बनेका छन्। लिग नजिकिँदै गर्दा फ्रेन्ड्सले उर्जनलाई मुख्य प्रशिक्षक बनाएको हो।

थ्री स्टारका पनि पूर्व प्रशिक्षक उर्जनले एक सिजनका फ्रेन्ड्ससँग सम्झौता गरेका छन्।

फागुन १९ गतेदेखि सुरु हुनेछ ए डिभिजन लिगमा फ्रेन्ड्सले उद्घाटन खेलमै नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ।

नयाँ सिजनको फ्रेन्ड्सले गोलकिपर विशाल सुनार, स्ट्राइकर राजेश परिवार, मिडफिल्डर रुपेश केसी, स्ट्राइकर डोना थापा, अमिता तामाङलगायतका खेलाडी अनुबन्धन गरेको छ।

यस्तै असिम भुसाल, श्यामबाबु क्याप्छाकी, आरोन थापा, प्रेम भण्डारीको सम्झौता नवीकरण गरिसकेको छ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
50 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ३७ वर्षीय टेडेस्को बने बेल्जियमको मुख्य प्रशिक्षक
Next post बुटवलमा राष्ट्रिय खुला लन टेनिस हुने
Close