जोकोभिच युएस ओपनको फाइनलमा

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान भएको सेमिफाइनलमा जर्मनीका अलेक्सान्डर भेरेभलाई पराजित गर्दै उनले फाइनलमा स्थान पक्का गरेका हुन्।

सेमिफाइनलमा पहिलो सेट गुमाएका जोकोभिचले कमब्याक गर्दै ग्रान्डस्लाम जित्ने सम्भावना कायम राखेका थिए। पहिलो सेटमा अलेक्सान्डर ६–४ ले विजयी भएका थिए भने जोकोभिचले दोस्रो र तेस्रो सेट क्रमशः ६–२ र ६–४ ले आफ्नो पक्षमा पारेका थिए।

तर, तेस्रो सेटमा ६–४ को नतिजा निकाल्दै अलेक्सान्डरले खेल बराबरीमा पु¥याए। पाँचौं सेटमा जोकोभिचले ६–२ को जित हात पार्दै फाइनलमा स्थान बनाएका थिए।

फाइनलमा जोकोभिचले विश्ववरियताको दोस्रो स्थानमा रहेका रुसका डेनिल मेड्भेडेभसँग प्रतिस्पर्धा गर्नेछन्। मेड्भेडेभ क्यानडाका फेलिक्स औगर एलियासिमेलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए। मेड्भेडेभले ६–४, ७–५ र ६–२ को सोझो सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

जोकोभिचले २०२१ को अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बलडन जितिसकेका छन्।

Facebook Comments Box