बार्सालाई हराउँदै भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि

ला लिगा च्याम्पियन बार्सिलोनालाई पराजित गर्दै भ्यालेसिन्याले कोपा डेल रेको उपाधि जितेको छ । सेभिल्लाको मैदान बेनिटो भिल्लामारिनमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले पराजित गर्दै भ्यलेन्सिया च्याम्पियन बनेको हो ।

भ्यालेन्सियाको यो ८ औं कोपा डेल रे उपाधि हो । पछिल्लो पटक भ्यालेन्सियाले सन् २००८ मा गेटाफेलाई ३–१ले पराजित गर्दै कोपा डेल रे उपाधि जितेको थियो । बार्सिलोना कोपा डेल रे सर्वाधिक पटक जित्ने क्लब हो । उसले ३० पटक उपाधि जितको छ । यो उपाधि म्याड्रिडका दुई क्लब एट्लेटिको र रियलले क्रमशः २३ र १९ पटक जितेका छन् ।

भ्यालेन्सियाको जितमा केभिन गामिरो र रोड्रिगोले गोल गरे भने बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले गोल गरे ।

बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । २३ औं मिनेटमा जोसे गायाको पासमा गामिरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए । पहिलो गोल गरेको १० मिनेटभित्रै भ्यालेसिन्याले अग्रता दोब्बर बनायो ।

३३औं मिनेटमा स्पेनिस स्ट्राइकर रोड्रिगोले कार्लोस सोलेरको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफमा प्राप्त थुप्रै अवसरलाई गोलमा परिणत गर्न नसक्दा बार्सिलोन २–० ले पछि रह्यो ।

७३ औं मिनेटमा कप्तान लियोनल मेसीले एकल प्रयासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा लगातार पाचौं पकट च्याम्पियन बन्ने बार्सिलोनाको सपना चकनाचुर भयो ।

खेलमा बार्सिलोनाले पूर्ण नियन्त्रण कामय गरेका थियो । उसले ७८ प्रतिशत बल पोजेसन बनाएको थियो । बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा २६ आक्रमण गरेको थियो, जसमध्ये ६ सट फ्रेममा थियो । यता, भ्यालेन्सियाले ९ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP