भ्याली पब्लिकको विजयी सुरुआत

Read Time:2 Minute

आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्स तीनै स्पर्धामा जितका साथ यात्रा प्रारम्भ गरेको हो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३७–१६ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङ र इश्वर घलेले समान ११–११ अंक योगदान गरे । अशोक विक र छिमे तामाङको समान ५–५ अंक सहयोगमा भ्याली पब्लिकले इबीएलाई १३–८ ले हरायो । सिनियर गर्ल्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ११ स्कोर गरिन् ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको अन्य खेलमा सैनिकले एलआरआईलाई ४८–२५, एन्जल्स हार्टले केभीकेएसएसलाई २८–२० तथा एचएचसीएले पृथ्वीलाई २८–२५ ले पाखा लगाए । सैनिकका सुबोध चापागाईंले १५, एन्जल्स हार्टका निक्सन गर्बुजाले ९ र एचएचसीएका दिप्सन राईले १५ अंक बटुले ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८–२८ ले निराश पार्‍यो । एन्जल्स हार्टका प्रतीक कँडेलले १५ अंक जोडे । सिनियर गर्ल्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित दर्ता गर्‍यो । एचएचसीएकी सारा घलेले १४ अंक जोडिन् ।

प्रतियोगिताको राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भ्याली पब्लिकका चेयरम्यान पूर्व मेजर लिलबहादुर गुरुङ र भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम गरी जम्मा ४९ टिम सहभागी छन् । लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनलमा मंसिर १८ गते हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वेल्समाथि इरानको सनसनीपूर्ण जित
Next post उमा कुङफु ब्रिटिस च्याम्पियनसिपमा नेपालबाट उद्धव भिँड्ने
Close