नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक लुइस भान हालले पदका राजीनामा दिएका छन्। कतार विश्वकपको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित भएको केही समयपछि उनले डच टिम छाड्ने घोषणा गरेका हुन्।
विश्वकपमा २ पटक डच टिमको नेतृत्व गरेका भान हाल दुवै पटक अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भए। सन् २०१४मा सेमिफाइनलमा उनको टिम पेनाल्टीमा पराजित भएको थियो।
तेस्रो पटक डच टिम सम्हालेका उनले टिमको प्रदर्शनबाट खुसी भएको जनाए । सन् २०२१ को अगस्टामा तेस्रो पटक डच टिम सम्हाले यता उनको टिम अपराजित थियो ।
भान हालले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका तथा उनीहरूसँग आफूले उत्कृष्ट क्षण बिताएको बताएका छन्।