सिरि ‘ए’: भेरोनाविरुद्ध सासुओलोको रोमाञ्चक जित

सिरि ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा सासुओलोले भेरोनाविरुद्ध रोमाञ्चक जित निकालेको छ। शनिबार भएको खेलमा सासुओलो ३–० ले विजयी भएको हो।

गिआकोमो रास्पादोरीको गोलमा सासुओलोले खेलको ३२औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। फिलिप डुरिसिचले ५१औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

यो पनि पढ्नुहोस्ः इटालियन सिरि ‘ए’: खुंखार प्रशिक्षकहरुको निर्मम परीक्षा

पहिलो हाफको इन्जुरी टाइममा मिगुएल भेलोसोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको भेरोनाले दोस्रो हाफमा थुप्र्रै गोल खाने अपेक्षा थियो। तर, ७१औं मिनेटमा मेटिया जक्काग्नीले पेनाल्टीमा गोल गर्दै भेरोनालाई खेलमा फर्काएका थिए।

हामेद ट्राओरेले ७७औं मिनेटमा गोल गर्दै सासुओलोको अग्रता ३–१ बनाएक थिए। खेलको ९०औं मिनेटमा जक्काग्नीले अर्को गोल पनि थपे, तर त्यो भेरोनालाई खेलमा फर्काउन पर्याप्त भएन। र, भेरोना सिजनको पहिलो खेलमा आफ्नै घरेलु मैदानमा पराजित भएको थियो।