त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट सुरु भएको भेट्रान्सकप फुबटल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विकर्ण श्रेष्ठको ह्याट्रिक मद्दतमा आर्मीले फेलोसिप फुटबल क्लबमाथि ७–१को सानदार जित निकाल्यो।
आर्मीको जितमा विकर्णको ह्याट्रिकसँगै हरि महतो, राजु तामाङ, जनमत कार्की र चक्र तामाङले पनि गोल गरे । फुटबल फेलोसिपका नन्द नाथ खड्कीले एक गोल फर्काए ।
शनिबार नै भएको अर्को खेलमा भनिमण्डल स्पोर्टिङ क्लबले विजयी भएको छ । उसले न्युरोड टिम (एनआरटी)माथि २–०को जित निकाल्यो । भनिमण्डलका लागि विजय श्रेष्ठ र कृष्ण मलेकारले गोल गरे,।
यसैगरी अर्को खेलमा फ्रेन्ड्स क्लब र एसएनकेसीले २–२ गोलको बराबरी खेलेका छन्। फ्रेन्ड्सका तेज थापा र मनोज लामाले गोल गर्दा एसएनकेसीका बालगोपाल साहुखल र राजेश शाहीले गोल गरे।
फुटबलर्स मिसन टुगेदरको आयोजना गरेको प्रतियोगितामा २१ टिम सहभागी छन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।