नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २०औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ को फाइनलमा पुगेको छ।
ओमानको मस्कटमा जारी प्रतियोगितामा पुरुष डबल्स ४५ पर्षमाथि समूहमा भारतीय जोडीलाई ३–२ को जित निकाल्दै दुलाल र माननन्धरको जोडी उपाधि नजिक पुगेको हो।
दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
दुलाल र मानन्धरको जोडीले उपाधिका लागि भोलि ११ बजे खेल्ने छ।