°
, June 4, 2023 in

युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो, भिल्लारियल क्वार्टरफाइनलमा

SHARE:

इटालियन जाइन्ट युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब भियारियालसँग ३–० ले पराजित हुँदै युभेन्टस अन्तिम १६बाटै बाहिरिएको हो ।

यभेन्टसमा माथि समग्रमा ४–१को जित निकाल्दै भिल्लारियलले क्वार्टरफाइलन पुगेको छ। यी दुई बीचको अन्तिम १६को पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा भियारियाललाई जिताउन जेरार्ड मोरेनो, पाउ टोरेस र डान्जुमाले गोल गरे । एलिएन्ज स्टेडियम टोरिनोमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा भिल्लारियलले सबै तीन गोल दोस्रो हाफमा गरेको थियो।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा रुगानीले फ्रान्सिस कोक्विलिनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै भिल्लारियललाई पेनाल्टी प्रदान गरेका थिए। ८५औं मिनेटमा पाउ टोरेसले सर्जी औरिएरको पासमा गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एर्नाउट डानजुमाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरे। म्याथ्थिज डि लेग्टले डानजुमालाई फउल गर्न पुगेपछि रेफ्रीले खेलमा भिल्लालाई दोस्रोपटक पेनाल्टी दिएका थिए।

युभेन्ट्सले क्वाटरफाइनल पुग्न बराबरीको नतिजा पर्याप्त रहेपनि आफ्नो गल्तीमा गोल खान पुग्दा बाहिरिन बाध्य बन्यो।

SHARE: