भिनिसियस भन्छन्- रियलमा इतिहास बनाउन चाहन्छु

रियल मड्रिडका ब्राजिलिय युवा स्टार भिनिसियस जुनियर अहिले खुबै चर्चामा छन् । २१ यी विंगर आफ्नो लोभलाग्दो प्रदर्शनका कारण चर्चामा छन् ।

यो सिजन उत्कृष्ट फर्ममा रहेका भिनिसियको चर्चा गत साता सेभियाविरुद्ध अन्तिम समयमा गरेको गोलपछि थप चुलियो । भिसियसले एकल प्रयासमा डिबक्स बाहिर तीन डिफेन्डरलाई छलाउँदै गरेको गोल मद्दतमा रियल विजयी भयो। सँगै भिनिसियसले घरेलु मैदान सान्टियागो बर्नाबेउमा स्ट्यान्डिङ अभिएसन पनि पाए।

यही चर्चाबीच भिनिसियले रियल मड्रिडमा इतिहास बनाउन चाहेको बताएका छन्। एक अन्तर्वाताका क्रममा उनले भनेका छन्, ‘फुटबल खेल्ने सबै ब्राजिलियन जुनियर खेलाडीको चाहना हुन्छ रियलमा खेल्ने हुन्छ। त्यो किनभने यहाँ आएर धेरै ब्राजिलियन खेलाडीले सफलता पाएका छन् र इतिहास बनाएका छन्। म पनि उनीहरु जस्तै रियलमा इतिहा बनाउन चाहन्छु ।’

भिनिसियसले रियलमा इतिहास बनाउनका लागि आफूले मेहनत गरिरहेको पनि बताएका छन्। रियलका लागि खेल्नु आफ्नो सधैंको सपना भएको पनि उनले बताएका छन्।

सन् २०१८ मा ब्राजिलिय क्लब फ्लेमेङ्गोबाट रियल आएका भिनिसियस चौथो सिजन रियलमा बिताइरहेका छन्।सुरुअती ३ सिजनमा १०८ खेल खेल्दै १५ गोल गरेका भिनिसियले यो सिजन २० खेलमा ११ गोल र ८ असिस्ट गरेका छन्।