भिनिसियस चम्किँदा रियल विजयी

ब्राजिलिय युवा स्टार भिनियिस जुनियरले पुनः एकपटक उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगमा रियल मड्रिड विजयी भएको छ। भिनिसियस चम्किएको खेलमा रियलले इल्चेमाथि २–१को जित निकाल्यो ।

स्ट्रार स्ट्राइकर करिम बेन्जिमालाई आराम दिइएको खेलमा २२औं मिनेटमा भिनिसयसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। उनले मारियानो डियासको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो।

६३औं मिनेटमा इल्चे १० खेलाडीमा समेटियो। उसका राहुल गुटीले दोहोरो पहेँलो कार्ड पाएका थिए । ७३औं मिनेटमा लुका मोड्रिचको पासमा पुनः भिनिसियसले गोल गरेपछि रियलले २–०को अग्रता लियो। जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका भिनिसियसले ९ गोल र ५ असिस्ट गरेका छन्।

८६औं मिनेटमा पिरे मिल्लाले गोल गर्दै इल्चेलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि गोल नहुँदा रियल विजयी भयो।

यो जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । उसको ११ खेलमा २४ अंक भएको छ । २४ अंक नै जोडेको रियल सोसिडाड दोस्रो स्थानमा छ। इल्चे भने १० अंक जोड्दै १५औं स्थानमा छ।

Facebook Comments Box