भिनिसियस र बेन्जिमाको गोलमा रियल विजयी

ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरेपछि ला लिगा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा भिनिसियस र बेन्जिमाको गोल मद्दतमा रियलले लेभान्तेले उसकै मैदानमा २–०ले हरायो ।

खेलको १६औं मिनेटमा भिनिसियसले गोल गदै रियललाई अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफको इन्जुरी समयका बेन्जिमाले गोल गरेपछि रियल २–०ले विजयीभयो ।

अपराजित रहेको रियलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ । लेभान्टे ४ खेलमा ३ अंक जोडको छ ।

आइतबार नै भएको अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २–० ले हरायो । ओसासुनाको जितमा फाकुन्डो रोन्काग्लिया र जोनाथन क्यालेरीले गोल गरे । यस्तै, अर्को खेलमा रोड्रिगो इलीको निर्णायक गोल मद्दत अलाभेसले एथ्लेटिको बिल्बाओलाई १–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP