इपिएलका लागि चिवतनले भित्र्यायो मलेसियाका विरनदीप

आसन्न चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)का लागि चिवतन टाइगर्सले मलेसियन ब्याट्सम्यान विरनदीप सिंहलाई अनुबन्धन गरेको छ।

२२ वर्षीय ब्याट्सम्यान विरनदीप चितवनमा अनुबन्धन भएको मलेसियन क्रिकेट एसोसिएन उल्लेख गरे गरेको । तर, इपिएल र चितवनले विरनदीपको अनुबन्धनका विषयमा औपचारिक घोषण गने गरेको छैन । उनी इपिएल खेल्ने पहिलो खेलाडी हुन्।

सोमपाल कामी कप्तान रहेको चितवनले इपिएलका लागि पाकिस्तानका डासिन अजिज र अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरिसकेको छ । ्

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ । प्रतियोगितामा ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।