°
, June 2, 2023 in

मेयर कप भलिबलको फाइलनमा आर्मी र पुलिस भिड्ने

SHARE:

ललितपुर मेयर कप खुल्ला भलिबलको पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। आर्मीले एपिएफलाई तथा पुलिसले आयोजक ललितपुर महानगरपालिकालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो।

ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपिएफमाथि ३–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

पहिलो सेट २७–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट २५–१९, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस जितसँगै आर्मीले एपिएफसँगको पछिल्लो दुई प्रतियोगितामा भोगेको हारको बदला लिन सफल भएको छ । आर्मी पछिल्लोपटक ढोरपाटन भलिबल र पोस्ट बहादुर बोगटी भलिबलमा एपिएफसँग पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा पुलिसले ललितपुर महानगरपालिकामाथि २५–१५, २५–११ र २५–१५ को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्यो । फाइनल शनिबार हुनेछ । एपीएफ र ललितपुरबीच तेस्रो स्थानको लागि शनिबारै प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फको फाइनलमा शनिबार नै एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ महिलातर्फ होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई २५–२०, २५–२२ र २५–२२ को सोझो सेटमा हराएर त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

SHARE: