°
, June 1, 2023 in
भलिबलसमाचार

एनएससी–काभा महिला भलिबलको ट्रफी सार्वजनिक

SHARE:

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरे।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदै छ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन्।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपाली टिमलाई उपाधिमा ह्याट्रिक गरेर इतिहास रच्न शुभकामना दिने । ¥तपाईंहरुले दुई पटक उपाधि जितेर आफूलाई प्रमाणित गरिसक्नु भएको छ । मलाई विश्वास छ, तपाईंहरुले फेरि उपाधि जितेर ह्याट्रिक गर्दै इतिहास रच्नु हुनेछ । सफलताका लागि कप्तान, खेलाडी, प्रशिक्षक, भलिबल संघका पदाधिकारी सम्पूर्णलाई शुभकामना छ,’ उनले भने।

अध्यक्ष चन्दले प्रतियोगिताका लागि राखेपले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै २०८० को अन्त्यतिर काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने सोच रहेको बताए।

कार्यक्रममा प्रतियोगिताका लागि ढोरपाटन क्लबले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । क्लबकी वरिष्ठ उपाध्यक्ष छलकुमारी छन्त्यालले भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई १ लाख नगद हस्तान्तरण गरिन्।

SHARE: