पाँचौँ एनभिए राष्ट्रिय भलिबल : उपाधिका लागि एपिएफ र न्यु डायमन्ड भिड्ने

महिला भलिबलका परिचित प्रतिद्वन्द्वी एपिएफ र न्यु डायमन्डबीच उपाधिका लागि भिडन्त हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौँ एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ बिहीबार सम्पन्न सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६ र २५–२२ ले पराजित ग¥यो ।

जितसँगै एपिएफ र न्यु डायमन्ड स्पोर्टस् क्लबबीच उपाधि भिडन्त पक्का भएको हो । न्यु डायमन्डले नेपाली सेनाको टिएसीलाई ३–० ले पराजित ग¥यो । डायमन्डले टिएसीमाथि २५–१५, २५–२२ र २५–१३ को जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा एपिएफले सेनाको टिएसीलाई निराश पा¥यो । एपिएफ साबिक विजेता टिएसीलाई २५–२२, २५–२२ र २६–२४ को सेटमा पराजित गर्दै दोहोरो उपाधिनजिक पुगेको हो ।

अब एपिएफले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६ र २५–१५ ले पराजित गर्दै एपिएफसँग भेट पक्का गरेको हो ।

भारतीय खेलाडीलाई प्राथमिकतामा राख्दै आएको हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाए पनि खेलाडी विवादका कारण प्रतियोगिता छोडेको थियो । च्याम्पियनसिपमा उपाधि विजेताले दुई लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.