टाइगर कप राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

‘प्रथम टाइगर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । अयोजक टाइगर ग्रुप अफले पोखरामा पत्रकार सम्मेलन गर्दै माघ २७ देखि फागुन १ गतेसम्म आयोजना प्रतियोगिताको तयारी अन्तिम चरणमो पुगेको जनाएको हो।

प्रतियोगिताको पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा सञ्चालन हुने छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोली सहभागी हुन् छ । जसमा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौंंले प्रतिष्पर्धा गर्नेछन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागी छन्।

‘राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको दुवै विधाका विजेताले समान १ लाख ५० हजार, उपविजेता ७५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् भने विधागतरुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

अयोजक टाइगर ग्रुपले लिग चरणका खेलका लागि १ सय र सेमिफाइनलका लागि १ सय ५० र फाइनलका लागि २ सय रुपैयाँ टकट दर तोकेको छ । प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.