एनभिए कप राष्ट्रिय भलिबल : हेल्प नेपाल शीर्ष स्थानमै

टिपटप हेल्प नेपाल पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुष तर्फ शीर्ष स्थानमा यथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा रहेको हो ।

आज सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । हेल्पले पुलिसलाई २५–२२, २५–१६, २५–२० अंकले पराजित गरेको हो । अर्को खेलमा विभागिय टोली सेनाको टिएसीले अर्को विभागिय टोली एपिएफलाई २५–१५, २५–१८, २८–२६ ले पराजित गर्दै आफ्नो अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र टिएसीको अंक समान ९ रहेको छ ।

यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ । मणिमुकुन्द र नयाँबजारले कुनै अंक जोडेका छैनन् ।नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनामा भएको प्रतियोगिताको महिला तर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अंकका साथ शीर्षमा रहेका छन् ।

टिएसीले सोमबार भएको प्रतिस्पर्धामा अर्को विभागिय टोली एपिएफ संग पराजित भएता पनि अंकका आधारमा शिर्षमा रहेको हो । एपिएफले सेनालाई १९–२५, २५–१०, २५–१७, २५–२२ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो ।

भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २५–१२, २५–१३ ले पराजित गरेको हो । महिला तर्फ न्यू डायमण्डको ३ खेलबाट ७ अंक र एपिएफको ६ अंक रहेको छ । भक्तपुर मेट्रोले ३ अंक जोड्दा ढोरपाटन शुन्यमा रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *