एनभिए राष्ट्रिय भलिबल लिग : विभागीय टिम सेमिफाइनलमा

दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब पाँचौँ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबलको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह एअन्तर्गत आइतबार आ–आफ्नो खेलमा जित हात पार्दै एपिएफ र आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । समूह एको विजेता र उपविजेता टोलीको टुंगो मंगलबार एपिएफ र आर्मीबीचको खेलपछि लाग्नेछ ।

प्रतियोगिताको तेस्रो दिन महिलातर्फको पहिलो खेलमा एपिएफले भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी)लाई ३–० को सोझो सेटमा पराजित ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको एपिएफले कम अनुभवी बिएमसीलाई सहजै पराजित ग¥यो ।

एपिएफले बिएमसीमाथि २५–११, २५–१२ र २५–१६ को सेटमा जित हात पारेको हो । बिएमसीले एपिएफविरुद्ध धेरै अंक सर्भिसबाट जोड्यो । तर, बिएमसी बलियो एपिएफसँग स्पाइक र रिसिभमा पछि प¥यो । एपिएफले यसअघि आफ्नो पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै महŒवपूर्ण तीन अंक जोडेको थियो ।

अर्काे खेलमा जावलाखेललाई नै पराजित गर्दै अर्काे विभागीय टोली आर्मी प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएको हो । आर्मीले जावलाखेलमाथि २५–११, २५–५ र २५–११ को सहज सेटमा जित हात पा¥यो ।

नियमित प्रशिक्षणमा रहने आर्मीविरुद्ध जावलाखेल निरीह साबित भयो । आर्मीविरुद्ध जावलाखेल सबै पक्षमा पछि रह्यो । आर्मीको सर्भिसमै कठिनाइ झेलेको जावलाखेलले स्पाइकमा नियमित अंक गुमायो । आर्मीले बेन्चका खेलाडीलाई अवसर दिँदा पहिलो र तेस्रो सेटमा मात्रै जावलाखेलले १० अंक कटाउन सकेको हो ।

महिलातर्फ समूह एमा एपिएफसँगै आर्मीको समान ६ अंक भएको छ । आर्मीले आफ्नो पहिलो खेलमा बिएमसीलाई पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो खेलमा बुद्ध टोल युवा भलिबल क्लबलाई ३–० कै सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । समूह डीमा दुई टोली मात्रै रहेका कारण हेल्प नेपाल पहिलो जितबाटै अन्तिम आठमा पुग्न सफल भएको हो । हेल्प नेपालले बुद्ध टोलमाथि २५–१०, २५–१५, २५–११ को सेटमा जित निकाल्यो ।

हारका बाबजुद बुद्ध टोल पनि समूह डीबाट उपविजेताका रूपमा प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यस्तै, समूह सीबाट विभागीय टोली नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूहमा रहेको अर्काे टोली पार्वती भलिबल क्लब नाम दर्ता गराएर पनि प्रतियोगिता खेल्न उपस्थित नभएपछि पुलिस र मणिमुकुन्दले सीधै नकआउट चरणमा पुगेका हुन् ।

पार्वतीले शनिबार नेपाल पुलिस क्लब र आइतबार मणिमुकुन्दसँग खेल्ने तय भएको थियो । दुवै खेलमा पार्वती उपस्थित नभएपछि पुलिस र मणिमुकुन्दले खेल्दैनखेली समान तीन अंक प्राप्त गरेका छन् । पुलिस र मणिमुकुन्दबीच मंगलबार हुने खेलको नतिजापछि समूह सीका विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.