प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया युएइमा जारी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। दुबईमा बिहीबार राति भएको खेलमा म्याथु वेडले विस्फोटक ब्याटिङ गरेपछि अस्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्यो।
पाकिस्तानमाथि अस्ट्रेलियाको जितसँगै टि–२० विश्वकपले नयाँ विजेता पाउने पक्का भएको छ। उपाधिका लागि अब अस्ट्रेलियाले न्युजिल्यान्डको सामाना गर्नेछ। अस्ट्रेलिया दोस्रो पटक फाइनल पुगेको हो भने न्युजिल्यान्ड पहिलो पटक। यसअघि सन् २०१०मा फाइनल पुगेको थियो, तर सोबेला उ इंग्ल्यान्डसँग पराजित भएको थियो।
पहिला ब्याटिङ पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । अस्ट्रेलियाको जितमा वेडले विस्फोटक ब्याटिङ गरे । ४१ रनमा नटआउट रहेका उनी १९औं ओभरका अन्तिम ३ बलमा लागतार छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । उलने १७ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे।
मार्कस स्टोइनिसले पनि नटआउट ४० रन बनाए। यी दुवैले छैठौं विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्का प्रहार गरे। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले ३० बलमा ४९ रनको इनिङ खेले। पाकिस्तानका सादब खानले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए भने साहिन साह अफ्रिदीले १ विकेट लिए।
पहिला ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद रिजवान र फखर जमनको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो। फर्ममा रहेका ओपनर रिजवानले ५२ बलमा ६७ रनको इनिङ खेले भने जमानले ३२ बलमा नटआउट ५५ रन बनाए।
यस्तै, कप्तान बाबर आजम ३९ रन बाए भने आसिफ अली सुन्य र शोएब मलिक १ रनमा आउट भए। अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए भने प्याट कमिन्स र एडम जाम्पाले समान १ विकेट लिए।