काठमाडौंमा जारी एकदिवसीय यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो हार बेहोरेको छ । प्रतियोगितामा लागतार तीन जित निकालेको प्रदेशन सोमाकार भएको खेलको लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भयो।
हारसँगै प्रदेश २ले एक खेल अगावै फाइनल पुग्ने अवसर गुमाएको छ । ऊ ४ खेलमा ३ जितसहित ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । यता, जितसँगै लुम्बिनी प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले प्रतियोगिताका ५ खेलमा ४ जित निकाल्दै ८ अंक जोडेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा १०७ रनको लक्ष्य लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। उसका लागि विशालविक्रम केसीले सर्वाधिक २६ रन जोडे । कप्तान देव खनालले २५, वासिर अहमदले २४ रन बनाए। प्रदेश १ का दिपेश कँडेलले २ तथा गौरव कटुवाल र लभ कामतले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाएको थियो । उसका गौरव कटुवालले सर्वाधिक १९, दिपक जोशीले १८ र राकेश शाहले १३ बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका मोहम्मद हुसेनले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै वासिर अहमदले ३ तथा दुर्गेश गुप्ताले २ विकट लिए ।