एपिएफलाई हराउँदै अयोजक वालिङ गोल्डकपको फाइनलमा

Read Time:1 Minute

आयोजक वालिङ एफसी वालिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा विभागीय टिम एपिएफलाई १–०ले हराउँदै वालिङ उपाधि नजिक पुगेको हो।

एपिएफविरुद्ध वालिङलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले निर्णायक गोल गरे। उनले खेलको छैटौं मिनेटमै गोल गरेका थिए। उनले टिकाराज गुरुङको पासमा हेडमार्फत गोल गरेका थिए।

वालिङ एफसीले अधिंकाश ए डिभिजन क्लबका खेलाडीलाई टिममा राखेको थियो।

बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक वालिङ युनाइटेड (रातो) र एभनिर एफसी, क्यामरुन बीच हुने छ।

वालिङ युनाइटेड एफसी, वालिङ, स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिका, स्याङ्जाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ ७ गते हुनेछ।

Happy
Happy
23 %
Sad
Sad
9 %
Excited
Excited
41 %
Sleepy
Sleepy
0 %
Angry
Angry
5 %
Surprise
Surprise
23 %
Previous post भेट्रान ब्याडमिन्टनको उपाधि विधान र पविनको जोडीलाई
Next post गिलको कीर्तिमानी दोहोरो शतकमा भारतको रोमाञ्चक जित
Close