°
, June 1, 2023 in

खेल चलिरहँदा मैदानमा हेलिकोप्टर ल्यान्ड गरेपछि आयोजक र दर्शक कुटे पाइटल (भिडियाेसहित)

SHARE:

स्याङ्जाको वालिङमा जारी वालिङ गोल्डकपको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा विवदा उत्पन्न भएको छ। खेल चलिरहेकै बेला एक्कास हेलिकोप्ट ल्यान्ड गरेपछि आयोजक र हेलिकोप्टर चालकबीच झडपको स्थिति बनेपछि खेल केही बेर स्थगित भएको थियो।

बिहीबार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा क्यानरुनको क्लब एभिनियर एफसी र आयोजक वालिङ एफसी जुनियरबीचको खेल चलिरहँदा मैदानमा प्रभु कम्पनीको हेलिकप्टर अवतरण गरेको थियो ।

विनासूचना हेलिकोप्टर ल्यान्ड भएपछि खेल केही बेर रोकिएको थियो । त्यसपछि आयोजक, स्थानीय र दर्शक आक्रोसित भएका थिए । उनीहरुले हेलिकोप्टरका पाइटल र यात्रुलाई हातपात पनि गरेका थिए।

सामान्य घाइते भएका पाइलट र यात्रुलाई प्रहरीले उद्दार गरेको थियो । विवाद बढेपछि झडपको स्थिति समेत बनेको थियो।

केही समय खेल रोकिएपछि खेल पुन सुरु भएको थियो । खेलमा क्यामरुनको टिम एभिनियर २–०ले विजयी हुँदै फाइनल पुगेको छ।

SHARE: