°
, June 7, 2023 in

क्यामरुनी क्लबलाई हराउँदै आयोजक वालिङले जित्याे वालिङ गोल्डकप

SHARE:

स्याङ्जाको वालिङमा भएको वालिङ गोल्डकपको उपाधि आयोजक वालिङ युनाइटेड क्लबले जितेको छ। शनिबार भएको फाइनलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ले हराउँदै वालिङले उपाधि जितेको हो ।

खेलको निर्धारित र थप गरिएको समयम दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा वालिङका सुभास गुरुङ, विश्वास श्रेष्ठ, टिकराज गुरुङ र विसु थापाले गोल गरे गरेका थिए । कप्तान लक्ष्मण रुचाल गोल गर्न चुके।

एभिनियरका एमबौनी जिन, एनगुइमबोउस स्टेफेन, बिली फ्रान्क डानिलले गोल गर्दा गुइनि मारी डानिल र अब्डोउ रामानी गोल गर्न असफल भएका थिए।

अधिकांश ए डिभिजन क्लबका खेलाडी मैदान उचारेको वालिङले उपाधिसँगै ५ लाख रुपौयाँ प्राप्त गर्दा एभिनियरले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा चुनिए भने इमर्जिङ प्लेयर वालिङ एफसी जुनियरका रुमेश हमाल र फेयर प्ले टिमको अवार्ड लिस्नु एफसी रुपन्देहीले जितेको छ।

यस्तै, उत्कृष्ट डिफेन्डर वालिङका आशिष गुरुङ, मिडफिल्डर वालिङका कमल थापा, उत्कृष्ट फरवार्ड वालिङका टिकराज गुरुङ, उत्कृष्ट गोलकिपर वालिङका राजा बाबु थापा र उत्कृष्ट प्रशिक्षक वालिङका दिपिन थापा चुनिए ।

SHARE: