एडिलेड ओभलमा जारी पिंक बलमा खेलिएको डे–नाइट टेस्टमा घरेलु टिम अस्ट्रेलियाले बलियो पकड बनाएको छ । एडिलेडमा जारी पाकिस्ताविरुद्धको टेस्टको दोस्रो दिन डेविड वार्नरले कीर्तिमानी तेहेरो शतक बनाएपछि अस्ट्रेलिया बलियो अवस्थामा पुगेको हो ।
वार्नरले तेहेरो शतक बनाएपछि ३ विकेटको क्षतिमा ५८९ रन बनाउँदै अस्ट्रेलियाले पहिलो इनिङ समाप्तिको घोषणा गरेको छ । दोस्रो दिन नै आफ्नो पहिलो इनिङ थालेको पाकिस्तानले दोस्रो दिनको खेल रोकिँदासम्म ९६÷६को खराब अवस्थामा आइपुगेको छ ।
पाकिस्तानका लागि बाबर अजामले सर्वाधिक ४३ रन बनाए भने सान मसुदले १९ र इफ्तिकर अहमदले १० रन बनाए । पाकिस्तानको इनिङ ध्वस्त बनाउने क्रममा मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए भने पाट कमिन्स र जोश हेजलउडले समान १ विकेट लिए ।
अस्ट्रेलियाका लागि वार्नरका अलावा मार्नस लाबुसाङले पनि शतकीय योगदान दिए । लाबुसाङले १६२ रन बनाए । वार्नर र लाबुसाङ दुवैले पहिलो टेस्टमा पनि शतक बाएका थिए । अस्ट्रेलियाका तीनवटै विकेट साहिनसाह अफ्रिदीले लिए ।
कीतिमानी तेहेरो शतक बनाएका वार्नर ३३५ रनमा नटआउट रहे । उनले ४१८ बल खेल्दै ३९ चौका र १ छक्का प्रहार गरे । योसँगै वार्नर टेस्ट क्रिकेटको एक इनिङमा सर्वाधिक रन बनाउने दोस्रो अस्ट्रेलियन खेलाडी बनेका छन् । उनी भन्दाअघि ३८० रन बनाएका म्याथु हेडेन छन् । समग्रमा भने यो १०औं व्यक्तिगत उच्च स्कोर हो ।
यसैगरी वार्नर तेहोरो शतक बनाउने सातौं अस्ट्रेलियन खेलाडी पनि बनेका छन् । सन् २०१२ पछि अस्ट्रेलियान खेलाडीले बनाएको यो पहिलो तेहेरो शतक हो । यस्तै, वार्नर पाकिस्तानविरुद्ध तेहेरो शतक बनाउने चौथो खेलाडी पनि बनेका छन् । अन्तिम पटक सन् २००४ भारतका विरेन्द्र सेहवागले पाकिस्तानविरुद्ध तेहेरो शतक बनाएका थिए ।
डे–नाइट टेस्टको यो दोस्रो तेहरो शतक हो । यसअघि सन् २०१६मा दुबईमा पाकिस्तानका अजर अलीले वेस्टइन्डिजविरुद्ध डे–नाइट टेस्टमा पहिलो तेहेरो शतक बनाएका थिए । यस्तै, वार्नर एडिलेड ओभलमा तेहेरो शतक बनाउने पहिलो खेलडाी पनि बनेका छन् । भारतका करुण नायरले इंग्ल्यान्डविरुद्ध तेहेरो शतक बनाएपछि टेस्ट क्रिकेटको पहिलो तेहेरो शतक हो ।
अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा २५० भन्दा बढी रन सर्वाधिक पटक बनाउनेमा वार्नर ब्राडम्यानसँगै पहिलो नम्बरमा छन् । दुवैले ५ पटक २५० भन्दा बढी रन बनाएका छन् । यस्तै, माइकल क्लार्कले २ पटक यो उपलब्धि हासिल गरेका छन् ।
वार्नरले एडिलेडमा पाकिस्तानका स्पिनर यारिस साहविरुद्ध १११ रन बनाए । यो एकै इनिङमा कुनै पनि बलरविरुद्ध बनाएको चौथो सर्वाधिक रन हो । यो सूचीमा क्रिस गेल पहिलो नम्बरमा छन् । उनले श्रीलंकाका सुरज रनदीवविरुद्ध १४३ रन बनाएका छन् ।
अस्ट्रेलियालाई बलियो अवस्थामा पु¥याउने क्रममा वार्नर र मार्नस लाबुसाङले दोस्राविकेटका लागि ३६१ रनको साझेदारी गरे । यो अस्ट्रेलियाका लागि दोस्रो विकेटका लागि दोस्रो सर्वाधिक ठूलो साझोदारी हो । यस्तै, सगम्रमा भने टेस्ट क्रिकेटमा आठौं ठूलो पार्टनसिप हो ।
यसैगरी यही टेस्टमा अस्ट्रेलियाका पूर्वकप्तान स्टिेभन स्मिथले पनि नयाँ रेडर्क बनाए । एडिलेडमा २३ रन बनाएसँगै वार्नर टेस्ट क्रिकेटमा सर्वाधिक छिटो ७ हजार रन बनाउने खेलाडी बने । स्मिथले १२६ इनिङमा यो उपलब्धि हासिल गरे । यसक्रमा उनले इंग्ल्यान्डका पूर्वकप्तान बेली हामोन्डलाई पछि पारे । हामोन्डले १३१ इनिङमा यो उपलब्धि हाँसिल गरेका थिए ।