रोबर्टो फिर्मिन्होको ह्याट्रिकसँगै लिभपुरले वाटफोर्डमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाटफोर्डमाथि ५–० को एकपक्षीय जित जिकालेको हो ।
भिकारेन्ज रोड स्टेडियममा भएको खेलको नवौं मिनेटमा नै साडियो मानेले गोल गरेका थिए । यससँगै उनी प्रिमियर लिगमा १०० गोल गर्ने तेस्रो अफ्रिकन खेलाडी बने । बेन फोस्टर र मोमम्मद सलाहले पनि प्रिमियर लिगमा १०० गोल गरेका छन् ।
खेलको ३७ औं मिनेटमा लिभरपुलका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका फिर्मिन्होले ५५ र इन्जुरी टाइममा गर्दै ह्याट्रिक पुरा गरे ।
त्यसअघि ५४ औं मिनेटमा मोहम्मद सलाहले पनि एक गोल गरेका छन् । जितसँगै लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।