°
, June 7, 2023 in
0

वेस्टह्यामसँग हार्‍यो टोटनह्याम

SHARE:

इंग्लिस प्रिमियर लिगमा जोसे माउरिन्होको टिम टोटेनह्यामले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। सोही क्रममा आइतबार साँझ भएको खेलमा टोटनह्याम वेस्टह्यामसँग २–१ले पराजित भएको छ।

लिगमा उत्कृष्ट सुरुवात गरेको टोटनह्यामले गत जनवरीपछि भने खराब प्रदर्शन गरिरहेको छ। ऊ पछिल्लन ५ खेलमा एउटा मात्र जित निकाल्न सफल छ। टोटनह्याम लिभरपुलसँग ३–१, ब्राइटनसँग १–०ले पराजित भएको थियो । यस्तै, वेस्टब्रुमलाई २–०ले हराएको उ अघिल्लो खेलमा म्यान्चेस्टर सिटीसँग ३–०ले पराजित भएको थियो।

आइतबार भएको खेलमा वेस्टह्यामका मिखाइल एन्टोनियो र जेसे लिंगार्डले एक गोलका थिए भने टोटेनह्यामका लुकास मौराले एक गोल फर्काएका थिए।

खेलको पाँचौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–०मै सकियो। ४७औं मिनेटमा लिंगार्डले गोल गरेपछि वेस्टह्याम २–० ले अघि रह्यो । ६४ औं मिनेटमा मौराले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै वेस्टह्याम लिगको चौथो स्थानमा उक्लिएको छ । उसको २५ खेलमा ४५ अंक भएको छ । टोटेनह्याम भने ३६ अंकका साथ नवौं स्थानमा छ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *