इंग्लिस प्रिमियर लिगको दोस्रो चरणको अन्तिम खेलमा वेस्टह्यामले सानदार जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामले लेस्टरसिटीमाथि ४–१को सादनर जित निकाल्यो।
वेस्टह्यामको जितमा मिचाइल एन्टोनियोले २ गोल गरे भने साइद बेनराम र पाब्लो फोर्नाल्सले पनि गोल गरे। यता, लेस्टरका युरी टिलेमन्सले गोल गरेका थिए।
२६औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्टह्यामलाई सुरुआती अग्रता दिलाए । ४०औं मिनेटमा अयोज पेरेजले रातो कार्ड खाएपछि लेस्टर पहिलो हाफमै १० खेलाडीमा समेटियो।
लेस्टर १० खेलाडीमा सेटिएको फाइदा दोस्रो हाफमा वेस्टह्यामले उठाए। ५६औं मिनटमा बेनरामाले गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा टिलेमन्सले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने प्रयास गरे।

त्यसपछि एन्टोनियोले ४ मिनेटर अन्तरमा २ गोल गरेपछि लेस्टरमाथि वेस्टह्यामले सानदार जित निकाल्यो । एन्टोनियोले ८० र ८४औं मिनटमा गोल गरेपछि वेस्टह्याम ४–०ले विजयी भएको भएको थियो।
खेलमा वेस्टहयमले ५२ प्रतिशत बल पोजेसन बनाउँदै लेस्टरको पोस्टमा १९ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो । यता, लेस्टरले ५ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।