वेस्टह्यामसँग हार्‍यो चेल्सी, सिटी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबा राति भएको खेलमा चेल्सी पराजित भएको छ। शनिबार राति भएको खेलमा लिग लिडर चेल्सी वेष्टहृयामसँग ३–२ले पराजित भयो ।

शनिबार भएको खेलमा दुई पटक पछाडि परेको अवस्टा उल्टाउँदै वेस्टह्याले चेल्सीविरुद्ध जित निकाल्यो। वेस्टह्यामका लािग म्यानुअल लान्जिनी, जारोड बोवेनले र अर्थर मासुअकुले गोल गरे भने चेल्सीका थिएगो सिल्भा र मासन माउन्टले गोल गरे।

खेलमा २८औं मिनेटमा थिएगो सिल्भाको गोलबाट अग्रता लिएको थियो । उनले मासन माउन्टको पासमा गोल गरेका थिए । ४० औं मिनेटमा प्राप्त पेनाल्टीमा नान्जिनीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, ४४औं मिनेटमा माउन्ट गोल गर्दै पहिलो हाफमा चेल्सीलार्य २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वेष्टहृयामका लागि ५६ औं मिनेटमा बोवेनले बराबरी गरे। त्यसपछि ८७ औं मिनेटमा मासुआकुले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यसैगरी अर्को खेलमा वाट्फोर्डमाथि ३–१ जित निकाल्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्एिको छ। सिटीको जितमा बर्नार्डो सिल्भाले २ गोल गरे भने अर्को गोल रहिम स्टर्लिङले गरे। वाटफोर्डका सुचो हर्नान्डेसले गोल गरे।

जितपछि सिटीका ३५ अंक भएको छ भने चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ । वेष्टहृयाम १५ खेलबाट २७ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।