इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम विजयी भएको छ। सोमबार राति भएको खेलमा वेस्टह्यामले एक गोलले पछि परेको अवस्था उल्टाउँदै बर्नलीमाथि २–१ जित निकालेको हो।
वेस्टह्यामको जितमा माइकल एन्टोनियो दुवै गोल गरे भने बर्नलीका क्रिस उडले गोल गरेका थिए।
१२औं मिनेटमै बर्नलीले अग्रता लियो। प्राप्त पेनाल्टीमा गोल गर्दै क्रिस उडले बर्नलीलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि २९ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्टह्यामलाई २–१ को जित दिलाए ।
जितसँगै वेस्टह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ। ३४ खेलमा ५८ अंक जोडेको वेस्टह्याम पाँचौ स्थानमा छ। बर्नली ३६ अंक जोडेर १६औं स्थानमा छ ।
अर्को खेलमा उल्भ्सले वेस्ट ब्रुमसँग १(१ गोलको बराबरी खेलेको छ ।