वेस्टइन्डिज टिममा पोलार्ड र नारिन फर्किए , गेल बाहिरिए

अलराउन्डर किरेन पोलार्ड र स्पिनर सुनिल नारिनले वेस्टइन्डिजको क्रिकेट टिममा पुनरागमन गरेका छन् । भारतविरुद्धको ३ खेलको टि–२० सिरिजको सुरुवाती २ लागि घोषणा गरिएको टिमका पोलार्ड र नारिनले स्थान बनाएका हुन् ।

दुवै इंग्ल्यान्ड विश्वकपको वेस्टइन्डिज टिममा थिएनन् । पोलार्डले १ वर्ष र नारिनले २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । अन्तर्राष्ट्रिय लिगहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका पोलार्ड र नारिन विश्वकप टिममा नपर्नुलाई आश्चर्यका रुपमा हेरिएको थियो ।

यसैगरी पोलार्ड र नारिनले वेस्टइन्डिज टिममा पुनरागमन गर्दा विस्फोटक भेट्रान ब्याट्सम्यान क्रिकेटमा टि–२० टिममा स्थान बनाउन असफल भए । यस्तै, विकेट किपर ब्याट्सम्यान एन्थोनी ब्राम्बलेले पहिलो टिममा स्थान बनाएको छन् भने विश्वकपका क्रममा घाइते भएका अलराउन्डर आन्द्रे रसेलले पनि टिमा स्थान बनाएका छन् ।

अगामी वर्ष आयोजना हुने टि–२० विश्वकपको उपाधि रक्षाको अभियानमा रहेको वेस्टइन्डिजका लागि गेलका स्थानमा देब्रो हाते ब्याट्सम्यान जोन केम्प्वेलले ओपनिङ गर्ने छन् ।

‘निकोलस पुरन हाम्रो पहिलो रोजाइका विकेटकिपर हुन् । केही अनपेक्षित घटना भयो भने त्यस ठाउँमा अर्का खेलाडी ल्याउनु पर्छ । त्यसका लागि ब्रेम्बल उपयुक्त छन्, उनी युवा छन्, तर उत्कृष्ट लयमा छन् ।’ खेलाडी छनोट समितिका कार्यबाहक अध्यक्ष रोबर्ट हेन्सले भने, ‘यो टिम सन्तुलित छ । अहिलेको टिममा अनुभवी खेलाडीका साथै युवा खेलाडीका उत्कृष्ट समिश्रण छ । हामी आगमी वर्ष आयोजना हुने टि–२० लागि टिम तयार गरिरहेका छौं ।’

भारतविरुद्धको टि–२० सिरिज ३ अगस्तबाट सुरु हुनेछ । दोस्रो खेल ४ र अन्तिम खेल ६ अगस्तमा गुयानामा हुने छ ।

वेस्टइन्डिज टिम : कार्लोस ब्रेथबेट (कप्तान), जोन केम्प्वेल, इभान लुइस, सिमरन हेटमायर, निकालोस पुरन, किरेन पोलाडए, रामेन पावेल, किमो पाउल, सुनिल नारिन, सेल्डन कोट्रेल, ओशाने थोमस, आन्द्रे रसेल, एन्थोनी ब्रेम्बल, ख्यारी पिर्रे ।