°
, June 7, 2023 in

वेस्ट इन्डिजले नेपालसँगै विश्वकप छनोट खेल्ने

SHARE:

दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले भारतमा हुने एदिवसीय खेल्न ग्लोबल छनोट खेल्नुपर्ने भएको छ। १३ टिम सहभागी सुपर लिगमा शीर्ष ८मा पर्न असफल भएपछि वेस्ट इन्डिजले ग्लोबल छनोट खेल्नुपर्ने भएको हो।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई १४६ रनको फराकिलो अन्तरले पराजित गरेपछि वेस्टइन्डिजले एकदिवसीय विश्वकप खेल्ने ग्लोबल छनोटको साहरा लिनुपरेको हो। आठौं हुँदै सिधै विश्वकपमा छनोट हुने दक्षिण अफ्रिकाको सम्भावना बाँकी नै छ।

सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्नुपर्ने भएको हो । २०१८ मा जिम्बावेमै भएको छनोटमा शीर्ष दुईमा रहेर वेष्ट इन्डिज २०१९ को विश्वकपमा छनोट भएको थियो।

सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउने आईसिसीको प्रावधान थियो । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।

अर्को पूर्वविजेता श्रीलंकाले पनि छनोट खेल्ने पक्का भइसकेको छ।

नेदरल्याण्ड्सलाई हराएपछि दक्षिण अफ्रिकाको ९८ अंक भएको छ र सुपर लिगको आठौं स्थानमा उक्लेको छ ।

आयरल्याण्डको ६८ अंक छ र बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । आयरल्याण्ड एक खेलमा पराजित भएमा दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ ।

जिम्मबाबेमा हुने विश्वकपको ग्लोबल छनोटकामा १० टिम सहभागी हुने छन्। वेस्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्ससँगै नेपाल, स्कटल्यान्ड, ओमानले ग्लोबल छनोट खेल्ने पक्का भइसकेको छ।

सुपर लिगबाट दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक र क्वालिफायरबाट २ टिम विश्वकपको ग्लोबर छनोटमा आउने छन्।

SHARE: