बार्सिलोनाका पोर्चुगिज डिफेन्डर इंग्लिस प्रिमियर लिग क्लब वुल्भ्समा आबद्ध भएका छन् । वल्भ्सले राइट ब्याक सेमेडोलाई बार्सिलोनाबाट ३७ मिलियनर पाउण्डमा अनुबन्धन गरेको हो ।
यसअघि २८ मिलियनमा सहमति भएपनि अन्तिम समयमा सेमेडोको लागि ३७ मिलियन तिर्न वुल्भ्स बाध्य भयो । २६ वर्षीय राइट ब्याक सेमेडोले वुल्भ्ससँग ३ वर्षको सम्झौता गरेका छन् । सम्झौता अनुसर थप दुई वर्ष सम्झौता लब्याउने सहमितमा सेमेडो वुल्भ्स आएका हुन् ।
सेमेडो सन् २०१७मा पोर्चुगिज क्लब बेन्फिकाबाट बार्सिलोना आएका हुन् । उनले पछिल्ला दुई सिजन बार्सिलोनाबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बार्सिलोनाका लागि उनले १२४ खेल खेलेका छन् । उनले बार्सिलोनाबाट २ ला लिगा र कोपा डेल रे उपाधि जितेका छन् । उनले पोर्चुगलका लागि १३ खेल खेलेका छन् ।
बार्सिलोनामा प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यानको आगमनसँगै आफूले स्थान नपाउने देखेपछि सेमेडो वुल्भ्समा आबद्ध भएका हुन् । कोमयनको आगमनपछि बार्सिलोना छाड्ने उनी चोथौ खेलाडी हुन् । यसअघि इभान राकाटिच, लुइस सुआरेज र अर्टुरो भिडालले बार्सिलोना छाडेका थिए ।
सेमेडो उल्भ्समा आबद्ध हुने ११औं पोर्चुगिज खेलाडी हुन् । यसैसिजन वुल्भ्सले पोर्टोबाट युवा स्ट्राइकर फावियो सिल्भालाई अनुबन्धन गरेको थियो भने अर्का पोर्चुगिच स्ट्राइकर डिएगो जोटा लिभरपुललाई बेचेको थियो ।
वुल्भसमा उनले म्याट डोहर्टीको स्थान लिने छन् । उनले वुल्भ्समा २२ नम्बरको जर्सी लगाएर खेल्ने छन् ।