इंग्लिस प्रिमियर लिग क्लब वुल्भ्सले पोर्चुगिज युवा स्ट्राइकर अनुबन्धन गरेको छ । वुल्भ्सले १८ वर्षीय स्ट्राइकर फाबियो सिल्भालाई कीर्तिमानी मूल्यमा अनुबन्धन गरेको हो ।
पोर्चुगिज क्लब एफसी पोर्टोका युवा स्ट्राइकर भित्र्याउन वुल्भ्सले ४० मिलिनय युरो खर्चियो । यो वुल्भ्सले कुनै पनि खेलाडी भित्र्याउन तिरेको सर्वाधिक धेरै रकम हो । सिल्भाले उल्भ्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
यसअघि वुल्भ्सले मेक्सिकन स्ट्राइकर राहुल जिमिनेललाई बेन्फिकाबाट भित्र्याउन ३८ मिलियन युरो खर्चिएको थियो । सिल्भा जिमिनेजलाई उछिन्दै वुल्भ्सका सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

अहिले वुल्भ्सको टिमा १० पोर्चुगिज खेलाडी छन् । पोर्चुगिज नुनो सान्टोको प्रशिक्षणमा रहेको वुल्भ्सले प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
सिल्भाले सन् २०१९ मा १७ वर्षमै पोर्टोको सिनियर टिममा डेब्यू गरेका थिए । उनले गत सिजन पोर्टोका लागि उनले २१ खेलमा ३ गोल छन् । उल्भ्सले यस सिजन सेप्टेम्बर १४ मा सेफिल्ड युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।