°
, June 4, 2023 in

स्पेनका सराबिया र ब्राजिलका गोमेज भित्र्याउँदै वुल्भ्स

SHARE:

यो सिजन खराब प्रदर्शन गरिरहेको इंग्लिस क्लब वुल्भ्सले विन्टर ट्रान्सफरमा थप दुई खेलाडी भित्र्याउने तयारी गरेको छ। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको वुल्भ्सले स्पेनिस स्ट्राइकर पाब्लो सराबिया र ब्राजिलियन मिडफिल्डर जोआ गोमेज भित्र्याउँदैछ ।

वुल्भ्सले ३० वर्षीय विंगर पाब्लो सरावियालाई फ्रेन्च क्लब पिएसजीबाट अनुबन्धन गर्न लागेको हो । वुल्भ्सले सराबियाका लागि ४.४ मिलियन पाउण्ड तिर्ने छ।

स्टार खेलाडीले भरिएको पिएसजीमा खेल्ने कमैमात्र अवसर पाएपछि सराबिया वुल्भ्स आउन लागेका हुन्। उसले वुल्भ्ससँग २ वर्षको सम्झौता गर्ने बताइएको छ।

पिएसजीमा ४ सिजन बिताउँदा सराबियाले ९८ खेल खेल्दै २२ गोल गरेका छन्। अघिल्लो सिजन उनले लोनमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमा बिताएका थिए । त्यहाँ उनले ४५ खेलमा २१ गोल गरेका थिए।

यस्तै, वुल्भ्सले २१ वर्षीय ब्राजिलियन मिडफिल्डर गोमेजसलाई फ्लेमेङ्गोबाट अनुबनधन गर्न लागेको हो । फ्लेमेङ्गोमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनका लागि वुल्भ्सले १७ मिलियन युरो खर्चने छ।

सन् २०२०मा फ्लेमेङ्गोको सिनिय टिममा डेब्यू गरेका गोमेजले त्यसयता १२२ गोल खेल्दै ४ गोल गरेका छन्। यसबीच फ्लेमेङ्गोलाई ६ उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण थियो।

गोमेजलाई भित्र्याउन अर्को इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको थियो।

SHARE: