महिला हक्कीको उपाधि आर्मीलाई

Read Time:2 Minute

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीको उपाधि त्रिभुवन आर्मीले जितेको छ । वीरगन्जस्थित आदर्शनगर रंगशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १–०ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीलाई उपाधि दिलाउन ५२ औं मिनेटमा सरस्वती तामाङले गोल गरिन् । ‘उमन अफ द म्याच’ नेपाल आर्मीकी सीतामाया बल भइन् ।

शनिबार बिहान प्रतियोगिताको तेश्रो स्थानका लागि खेलिएको खेलमा गण्डकी प्रदेशले मधेस प्रदेश टिमलाई २–१ ले पराजित गरेको हो । खेल अवधिभर दुवै टिमले १–१ गोल गरेर खेल बराबरी भएपछि निर्णायकले पेनाल्टी सुटआउटबाट नतिजा निकालेका थिए । जसमा गण्डकीले २ र मधेसले १ गोल गरेको थियो ।

विजेता, उपविजेता तथा तेश्रो टिमलाई क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगदसहित शिल्ड बितरण गरिएको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य अनिल रुङटा, पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल हक्की संघका उपाध्यक्षद्वय अनिल शर्मा र मनिष झा लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी नेपाल आर्मीकी अन्जना चन्द ठकुरी घोषित भइन् । इमर्जिङ खेलाडी सुदूरपश्चिमकी सबिना पुन राना, गण्डकी प्रदेशकी समीक्षा पुन उत्कृष्ट गोलकिपर र नेपाल आर्मीकी कमल चन्द सर्वाधिक गोलकर्ता भइन् । बेष्ट डिफेन्डर सुदूरपश्चिमकी सन्जु चौधरी भइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post म्यान्चेस्टर सिटीको जितको यात्रामा पूर्णविराम, साउथह्याम्पटनसँग रोकियो
Next post इन्जुरी समयमा २ गोल गरेपछि भ्यालेन्सियामाथि एट्लेटिकोको उत्कृष्ट पुनरागमन जित
Close