आर्मीले महिला हक्कीको उपाधि

तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रतियोगिताको फाइनल सरहको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्‍यो । निलिमा पाण्डेले ३९ औं र ५६ औं मिनेटमा गोल गरिन् ।

५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा आर्मीले शत प्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो । आर्मीले सर्वाधिक १२ अंक जोड्यो । ४ खेलमा ३ मा जित र १ मा हार व्यहोरेको सुदूरपश्चिम ९ अंकसहित दोश्रो भयो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा समान २–२ मा जित÷हार निकालेको प्रदेश २ ६ अंकसाथ तेश्रो स्थानमा रह्यो । शीर्ष तीन स्थान हात पार्ने टोली क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाए ।

सान्त्वना जित निकालेको गण्डकी प्रदेश चौथो भयो । आइतबारै गण्डकीले प्रदेश १ लाई २–० ले हराउदै खाता खोल्ने औपचारिक पूरा ग¥यो । जितमा दुवै गोल सोनु बरालले क्रमशः २५ औं र ३६ औं मिनेटमा गरिन् । ३ मा हार र १ मा जित आत्मासात् गरेको गण्डकीले ३ अंक जोड्यो । सबै ४ खेल गुमाएको प्रदेश १ अंकविहीन बन्दै पुछारमा रह्यो ।

सुदूरपश्चिमकी लक्ष्मी बम प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगिता अवधिभर ८ गोल गरेकी आर्मीकी निलिमा पाण्डे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकी ममता भट्ट उदीयमान खेलाडी चुनिइन् । गण्डकीकी प्रेमा परियार उत्कृष्ट गोलरक्षक बनिन् । चारैले जनही ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.