दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले विजेता अष्ट्रेलियासँग खेल्ने भएको छ ।
मंगलबार राती भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई १ सय १४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै भारत र अस्ट्रेलियाबीचको सेमिफाइनल पक्का भएको हो। यी दुई टिम अघिल्लो संस्करणका फाइनलिस्ट हुन्।
अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अष्ट्रेलियाले उपाधी जितेको थियो ।
यस्तै अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र आयोजक दक्षिण अफ्रिकासँग खेल्ने छन्। सेमिफाइनलका खेल बिहिबार र शुक्रबार हुनेछन् ।