लगातार दोस्रो जित निकाल्दै न्यु डायमन्ड राष्ट्रिय महिला भलिबलको फाइनलमा

Read Time:1 Minute

न्यु डायमन्ड एकेडेमी काठमाडौंमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार राखेपको कभर्ड हलमा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबमाथि ३–१को सेटमा जित निकाल्दै न्यु डायमन्डले एक खेल अवागै फाइनलमा स्थान बनाएको हो।

४ टिम सहभागी प्रतियोगितामा न्यु डायमन्डको यो लगातार दोस्रो जित हो । यसअघि उसले पहिलो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि ३–०को सोझो सेटमा हराएको थियो।

यता, न्यु डायमन्डसँग पराजित भएसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। उ पहिलो खेलमा एपिएफसँग ३–०को सोझो सेटमा पराजित भएको छ।

राष्ट्रिय महिला भलिबलको उपाधिको उपाधिका लागि न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन एपिएफसँग खेल्ने छ। दुवै टिम एक खेल बाँकी छँदै फाइनल पुगेका हुन्। यी दुईबीचको लिगको खेल पनि बाँकी छ।

न्यु डायमन्डले पुलिसविरुद्ध पहिलो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछिका तीन सेट न्यु डायमन्डले २५–१५, २५–२२ र २५–१९ले जित्दै फाइनलमा स्थान पक्का ग¥यो।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अमिसाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको जित
Next post अन्तर्राष्ट्रिय टेबलटेनिसको उपाधि नवीता र विनेशलाई
Close