उज्वेकिस्तानलाई हराउँदै नेपालले जित्यो सेन्ट्रल जोन महिला भलिबल उपाधि

Read Time:1 मिनेट

नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि लगातार दोस्रो पटक जितेको छ। बंगलादेशको ढाकामा मंगलबार भएको रोमाञ्चक फाइनलमा उज्वेकिस्तानमाथि ३–२ जित निकाल्दै नेपाली महिला टिम च्याम्पियन बनेको हो।

निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले जितेको थियो । सुरुवातदेखि अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो सेट ट्राइब्रेकरमै २६–२४ ले नै जित्यो ।

यही सेटका क्रममा रेफ्रीको निर्णय नमानेपछि उज्वेकिस्तानका प्रशिक्षकले रातो पाएका थिए । सोही क्रममा उज्वेकिस्तानले सर्भिस गुमाएपनि नेपालले त्यसको फाइदा उठाउन सकेन । तर, तेस्रो सेट नेपालले २५–१५ले सहजै जित्दै खेलमा २–१को अग्रता लियो ।

तर, चौथो सेटमा पुनः उज्वेकिस्तानले जिते पछि खेल रोमाञ्चक बनेको थियो । सुरुआतम पछि परेको उज्वेकिस्तानले कमब्याक गर्दै तेस्रो २५–२२ ले जितेको थियो। त्यसपछि पाँचौ तथा निर्णायक सेट १५(११ ले जित्दै नेपालले उपाधि जित्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल आइपुगे मुख्य प्रशिक्षक पुबुदु
Next post नेपालले मोरिसियससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने
Close