हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।

आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो। एपिएफले न्यू डाइमन्डविरुद्ध १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा जित निकाल्यो।

उपाधिसहित एपिएफले दुई लाख रुपैयाँ जित्यो भने न्यू डाइमन्डले एक लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफका सरस्वती चौधरी बनिन् भने उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए। चारै खेलाडी न्यू डाइमन्डका हुन्।

सर्वोत्कृष्ट खेलाडीले १५ हजार र विधागत उत्कृष्टले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे। पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिङ्गल राउन्ड रोविनका आधारमा सञ्चालन भएको थियो।

Back To Top