अन्तर्राष्ट्रिय फुटबलफुटबलसमाचार

महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया नकआउटमा

सह–आयोजक अस्ट्रेलिया र नाइजेरिया समूह ‘बी’ महिला विश्वकप नकआउट चरणमा प्रवेश गरेका छन्।

सोमबारको खेलमा अस्ट्रेलियाले क्यानडामाथि ४–० को प्रभावशाली जित निकाल्यो।

अस्ट्रेलियाको जितमा हेयलेय रासोले २ गोल गरिन् । यस्तै म्यारी फाउलर र स्टेफान क्याटलीले १र१ गोल गरेका थिए । नकआउट पुग्ने अस्ट्रेलियालाई जितको आवश्यकता थियो।

अर्को खेलमा आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै नाइजेरियाले पनि अन्तिम १६मा स्थान बनायो।

समूह बीमा अस्ट्रेलिया ६ अंकसहित शीर्षमा रह्यो भने नाइजेरिया ५ अंकमा दोस्रोमा रह्यो। क्यानडा भने ४ अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ। आयरल्यान्ड १ अंकमै सीमित रह्यो।