°
, June 7, 2023 in
0

विराटनगरले पुलिसलाई हरायो, चौदण्डीगढीको पोस्टमा आर्मीको दर्जन गोल

SHARE:

काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा बुधबार दुई खेल भए । पहिलो खेल त्रिभुवन आर्मी क्लब र उदपुरको चौदण्डीगढी नगरपालिकाबीच थियो भने दास्रो खेल विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लबबीच थियो । पहिलो खेलमा आर्मीले चौदण्डीगढीमाथि १२–०को फराकिलो जित निकाल्यो विराटनगरले पुलिस क्लबमाथि १–०को जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको दोस्रो खेलमा विभागीय टिम पुलिसविरुद्ध विराटनगरलाई जित दिलाउन पार्वती घलेले निर्णायक गोल गरिन् । पार्वतीले नवौं मिनेटमा पुलिसको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन् ।

त्यसपछि खेलमा गोल नहुँदा विराटनगर विजयी भयो । खेलमा पुलिसले गोलका थुप्र्र अवसर पाएको थियो, तर त्यसलाई सदुपयोग गर्न भने सकेन् ।

प्रतियोगितामा तेस्रो जित निकालेसँगै विराटनगर तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलमा विराटनगरको १० अंक भएको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस चौथो स्थानमा छ । पुलिस उपाधि होडबाट बाहिरिएको छ ।

शर्मिलाको ह्याट्रिमा आर्मीको फराकिलो जित

शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरेपछि राष्ट्रिय महिला लिगमा आर्मी क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–०ले हरायो । बुधबार भएको पहिलो खेलमा आर्मीलाई फराकिलो जित दिलाउन शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् भने सपना लामाले दुई गोल गरिन् । यस्तै, कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, विमला बिक र रश्मी घिसिङले एक–एक गोल गरे ।

आर्मीले प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध पहिलो हाफमा ८ र दोस्रो हाफमा ४ गोल गरेको थियो । कप्तान अन्जलीको पासमा मिडफिल्डर हेमाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । छैटौं मिनेटमा स्ट्राइकर शर्मिलाले बिमला चौधरीको पासमा गोल गर्दा आर्मी २–० ले अघि रह्यो ।

आठौं मिनेटमा अन्जली र १२औं मिनेटमा शर्मिलाले गोल गरेपछि आर्मीले सुरुवाती १५ मिनेट नबित्दै ४–०को अग्रता लियो । त्यसपछि २३औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पुरा गरिन् । २९औं शर्मिला, ३०औं मिनेटमा बिमला र ३६औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौ गोल गरेपछि पहिलो हाफमा आर्मी ८–०को अग्रता लियो ।

दोस्रो हाफमा आर्मीले थप ४ गोल गरेको थियो । ४८औं मिनेटमा डिफेन्डर बिमला बिकले गोल गर्दा ८४ औं मिनेटमा रश्मीले गोल गर्दै टिमलाई १०–० को अग्रता दिलाइन् । यस्तै, ८७औं मिनेटमा सपना र ९०औं मिनेटमा सपनाले गोल गरेपछि गरेपछि आर्मीले चौदण्डीगढीको पोस्टमा दर्जन गोल गर्न ग¥यो ।

जितसँगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो । अंकबिहीन चौदण्डीगढी पुछारमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *