अहिले नेपाली महिला भलिबल टिम एसियन गेम्सको तयारी गरिएको छ । १९औं संस्करणको एसियन गेम्स आगामी असोज ६ देखि असोज २१ गतेसम्म चीनमा आयोजना हुँदैछ।
पहिलो पटक एसियन गेम्समा सहभागी हुन लागेको नेपाली महिला भलिबल टिम त्यसलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै प्रतियोगिता सम्झनालायक बनाउने योजनामा छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा महिला भलिबल टिम कडा प्रशिक्षण गरिरहेको छ। नेपाली टोलीले एसियन गेम्समा पावरहाउस टिमहरु दक्षिण कोरिया र भियतनामसँग खेल्दैछ । दक्षिण कोरिया एसियाको मात्र होइन विश्व भलिबलकै उत्कृष्ट टिम हो ।
पहिलो सहभागितामा राम्रो छाप छोड्ने प्रयासमा रहेको नेपाली टोलीले नतिजा होइन प्रदर्शन र वरियताको सुधारमा बढी केन्द्रित छ। प्रशिक्षक जगदीश भट्टले एसियाली खेलकुदको नेपालको राष्ट्रिय महिला भलिबल टोलीका लागि राम्रो अवसर बनेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल भलिबल संघ पनि महिला टोलीको प्रशिक्षणलाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रयासरत उनी बताउँछन्। एसियन गेम्सअघि महिला टोलीको वैदेशिक प्रशिक्षणका लागि पनि तयारी भइरहेको उनले बताए।
राष्ट्रिय खेल भलिबलप्रति नेपाल क्रेज विस्तारै बढ्दै गएको छ। सरकारदेखि जनतासम्मले यस खेलप्रति बढी अपनत्व देखाउन थालेका छन् । तर अझै पनि यस्को विकासमा हुनुपर्ने धेरै कार्यहरु हुन सकेको छैन्।
नेपालको भूगोल सुहाँउदो र भौगोलिक दृष्टिकोणले पनि लोकप्रिय भलिबलका लागि भने भलिबल संघले बहुबर्षे योजना बनाउन आवश्यक देखिएको छ।
प्रशिक्षक भट्ट नेपालको महिला भलिबललाई एसियाली स्तरमा प्रमुख आठभित्र राख्ने गरी तयारी थालिएको बताउँछन्। एसियन गेम्समा नेपाल दक्षिण कोरिया र भियतनामसँगै समूह सीमा छ।
प्रशिक्षक भट्टले अरुणा शाही, सलिना श्रेष्ठ, सरस्वती चौधरी, प्रतिभा माली, जानकी भण्डारी, सफिया पुन, संगम महतो, कविता भट्ट, पुनम चन्द, कामना विष्ट, निरुता ठगुन्न र उषा भण्डारीलाई प्रशिक्षण दिइरहेका छन्।