एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला टोलीका खेलाडीहरुलाई सरकारले जनही पाँच लाख दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
यस्तै, दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियलले दुई लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
नेपालले मंगलबार बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको थियो।
नेपालले राउन्ड रोविनको आधारमा भएको लिग चरणका सबै पाँच खेल जितेर उपाधि रक्षा गरेको हो।