महिला विश्वकप विजेता जापानी खेलाडी युकी नागासातो पुरुष फुटबल क्लबबाट खेल्ने भएकी छिन् । उनी जापानको कालागावा प्रिफेक्चर लिग क्लब हायाबुसा एलेभेनमा आवद्ध भएकी हुन् ।
उनी जापानको पुरुष क्लबमा खेल्ने एक्लो महिला खेलाडी हुनेछिन् र विश्व फुटबल इतिहासमा पुरुष क्लबबाट खेल्ने थोरै महिलामध्येमा पर्नेछिन् । नागासातो सहभागी टिमले सन् २०११ मा विश्वकप उपाधि जितेको थियो । ३३ वर्षीय नागासातो अमेरिकन एनडब्लुएनएसएल क्बल सिकागो रेड स्टार्सबाट लोनमा जापानको क्लबमा गएकी हुन् ।
हायाबुसाले अहिले कानागा लिगको दोस्रो डिभिजनमा खेलिरहेको छ । यो जापानको ५० रिजनल प्रिफेक्चर लिगमध्ये एउटा लिग हो जुन जे लिग भन्दा ७ वा ८ तह तलको हो । नागासातोले सिकागोका लागि एनडब्लुएसएल च्यालेन्ज कपमा सुरुवाती दुई खेल खेलकी थिइन् । तर देब्रे खुट्टाको चोटका कारण उनले अन्तिम ५ खेल गुमाइन् ।
जापान, जर्मनी र इंग्ल्याण्डको क्लबमा व्यवसायिक फुटबल खेलेपछि उन २०१७ मा सिकागोमा अनुबन्ध भएकी थिइन् ।