कतार विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार राति अल बायत स्टेडियममा डिफेन्डिङ च्याम्पियन फ्रान्सले इंग्ल्यान्डलाई हराएसँगै विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको हो।
२१औं संस्करणमा सबै युरोपियन टिम सेमिफानल पगेको थिए भने यो पटक ३ महादेशका टिम सेमिफाइलन पुगेका छन्। जसमा युरोपका दुई फ्रान्स र क्रोएसिया, दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को छन्।
सेमिफाइनलमा पुगेक क्रोएसिया र मोरक्को एउटै समूह (एफ)मा थिए। यी दुवै टिम अहिलेसम्म अपराजित छन्। जसमा मोरक्को विजेता र क्रोएसिया उपविजेता बनेको थियो। यता, अर्जेन्टिना समूह सी र फ्रान्स समूह डिमा थियो। दुवै समूहका विजेता हुन्। यता, फ्रान्सले समूमको अन्तिम खेल ट्युनिसियासँग हारेको थियो भने अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको थियो।
पोर्चुगल, बेल्जियम, स्पेनजस्ता महाशक्ति राष्ट्रलाई हराएको मोरक्को पहिलो पटक सेमिफाइलन पुगेको हो भने क्रोएसिया भने समग्रमा तेस्रो पटक र लागतार दोस्रो पटक सेमिफाइनल पुगेको हो । यता, डिफेन्डिङ च्याम्पियन फ्रान्स सातौं पटक सेमिफाइलन पुगेको छ भने अर्जेन्टिनाको छैठौं सेमिफाइनल यात्रा हो।
जसमध्ये मोरक्को र क्रोएसिया पहिलो पटक च्याम्पियन बन्ने दाउमा छन् भने फ्रान्स र अर्जेन्टिना समान २ पटक च्याम्पियन बनेका छन्।
अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ ।