कतार विश्वकप अहिले अन्त्यतिर छ, अब सेमिफाइनल र फाइनल चरणका खेल मात्र बाँकी छन्। सेमिफाइनलमा गत संस्करणका फाइनलिस्टद्वय फ्रान्स र क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को पुगेका छन्।
जसमध्ये अफ्रिकन मुलुक मोरक्को पहिलो पटक सेमिफाइनल पुगेको हो । अब उसले फाइनल प्रवेशका लागि फ्रान्सको सामाना गर्नेछ। यता, अर्को सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियासँग खेल्नेछ।
सेमिफाइनल पुगेका चार टिमका विशेषता यस्ता छन् :
सन्तुलित फ्रान्स
प्रतियोगिता सुरु नहुँदै फ्रान्सलाई उपाधिको प्रवल दाबेदारका रुपमा हेरिएको थियो। तर, प्रतियोगिताकै मुखमा आफ्ना मुख्य खेलाडी घाइते भएपछि उसले उपाधि रक्षा गर्न सक्दैन कि भन्ने डर थियो । तर, चोटको आसर फ्रेन्स टिममा परेन्। उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्स सेमिफाइनल पुगेको छ । र, उ उपाधि रक्षाबाट दुई कदम मात्र पछाडि छ।
मुख्य स्ट्राइकर घाइते भएपनि फ्रान्सको टिम निकै सन्तुलित देखिएको छ। त्यो नै उसको मुख्य हतियार हो । उसँग स्ट्राइकरका रुपमा केलिएन एम्बाप्पे र अनुभवी ओलिभर जिरुड छन्, दुवै निकै फर्ममा छन्। दुवैले प्रतियोगितामा कुन ९ गोल गरेका छन्।

यता, मिडफिल्डमा युवा ओउरालेन चुवामेनी, अनुभवी एड्रियन राबिओट र एन्टोइन ग्रिजमन छन्। त्यसपछि दुई सिजन यता लय गुमाएका ग्रिजमन फर्ममा फर्किएका छन् । यो उसका लागि सबैभन्दा खुसीको कुरा हो।
डिफेन्स त उसको झनै बलियो छ। अभुनवी राफेल भरान, डायोट उपमेकानो, जुल्स कुन्डे र थियो हर्नान्डेजको जोडी प्रतियोगिता भर नै लयमा देखिएको छ।
समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको फ्रान्स अन्तिम खेलमा अफ्रिकन प्रतिद्वन्द्वी ट्युनिसियासँग १–० ले स्तब्ध बनेको थियो । अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ ले हराएको थियो । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्यान्डको सामना गरेको थियो । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रोपटक अन्तिम चार स्थान पक्का ग¥यो ।
मेसीमा टिकेको अर्जेन्टिना
लियोनल मेसी र अजेन्टिना अहिले पर्यायवाची जस्तै छन् । मेसी अर्जेन्टिनाका सबैथोक हुन्, त्यसैले अर्जेन्टिना मेसीमै टिकेको छ । अर्जेन्टिनाले गरेका अधिकांश गोलको भूमिका छ।
प्रशिक्षक स्कोलानीले बनाएको रणनीतिअनुसार खेलाडी चल्न नसक्दा अर्जेन्टिनाले एसियाली राष्ट्र साउदी अरेबियालाई २–१ ले नतिजा सुम्पियो । यो खेलसँगै अर्जेन्टिनाको ३६औँ खेलको अपराजित यात्रा टुंगिएको थियो । दबाबमा आएको अर्जेन्टिनाले दोस्रो र तेस्रो खेलमा पुनरागमन ग¥यो ।

अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डलाई समान २–० ले हराउँदै समूह ‘सी’ विजेता हुँदै प्रिक्वार्टरफाइनल स्थान रक्षा ग¥यो । अन्तिम १६ खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुग्यो । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित ग¥यो । निर्धारित र अतिरिक्त समयमा २–२ गोल भएपछि पेनाल्टीमा ४–३ ले हराएको थियो ।
जबर्जस्त मिडफिल्ड भएको क्रोएसिया
भेट्रान लुका मोड्रिचको नेतृत्वमा रहेको लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि जित्ने अभियानमा छन् । यो अभियानमा मिडफिल्डमको भूमिका मुख्य छ। र, मोड्रिच, मेटियो कोभासिच र मार्सेलो ब्रोजोभिच सम्मिलित उसको मिडफिल्ड उत्कृष्ट लयमा छ।
सँगै उसको डिफेन्स पनि उत्तिकै बलियो छ। उसका गोलकिकपर डोमिनिक लुभाकोभिच, गार्वाडियोल, लोभ्रेन र जुरानोभचित निकै लयमा छन्। त्यसैले यो डिफेन्डस तोड्न निकै कठीन छ। अझ अन्त्यसम्म पनि हार नमान्नु उनीहरुको प्लसपोइन्ट हो।
विश्वकपमा क्रोएसियाले अपराजित यात्रा कायम राखेको छ ।

पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा क्यानडालाई ४–१ ले हराएको क्रोएसिया समूहको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्न सफल भयो । यही बराबरी नतिजासँगै क्रोएसियाले अन्तिम १६ को स्थान पक्का गरेको हो ।
क्रोएसियाले प्रिक्वार्टरफाइनलमा एसियाली ‘पावर हाउस’ जापानको चुनौती पेनाल्टी सुटआउटमा समाप्त पा¥यो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी हुँदा पेनाल्टीमा क्रोएसिया ३–१ ले विजयी भयो ।
mोएसिया पाँचपटकको विजेता ब्राजिलसँग क्वार्टरफाइनलमा भिडेको थियो । अतिरिक्त समयमा क्रोएसियाले १–१ को बराबरी गर्दै खेल टाइब्रेकरमा लग्यो । लगातार पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ ले स्तब्ध बनायो । नकआउट चरण अगाडि बढ्दै जाँदा क्रोएसिया बलियो हुँदै जान्छ ।
डिफेन्समा अब्बल मोरक्को
कतार विश्वकपमा मोरक्को ‘डार्क हर्स’ बनेको छ । रक्षात्मक र अट्याकिङ खेलमा मोरक्को सफल देखिइरहेको छ । मोरक्को विश्वकप सेमिफाइनल खेल्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । क्यामरुन, घाना र सेनेगलले अन्तिम आठको यात्रा तय गर्दा मोरक्कोले त्यो कीर्तिमान भंग गरेको छ ।

पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले स्तब्ध पारेको थियो । समूहको अन्तिम खेलमा क्यानडालाई २–१ ले हराउँदा विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदा क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पराजित ग¥यो । मोरक्को जारी विश्वकपमा युरोपका महारथी देशलाई स्तब्ध बनाउन सफल भएको छ ।