कतारमा जारी विश्वकपमो समूह डीबाट नकआउट पुग्ने एक टिमको टुंगो आज लाग्दैछ। फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया यो समूहका खेल आज राति ८ः४५ बजे हुने छ।
यसअघि नै नकआउट पुगिसकेको फ्रान्सले ट्युनिसियाको सामान गर्ने छ भने अस्ट्रेलिया र डेनमार्क आमने सामने हुने छन्।
आजको दुई खेल अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियाका लागि महत्वपूर्ण छ। यी मध्ये एक टिम नकआउट चरणमा पुग्ने भएकाले यी टिमका लागि आजाको खेल महत्वपूर्ण छ।
अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये अस्ट्रेलिया केही सहज अवस्थामा छ। उसले समूहमा ३ अंक जोडेको नकआउट पुग्न उसलाई बराबरी नै काफी हुनसक्छ। तर, डेनमार्क र ट्युनिसियालाई जित नै चाहिन्छ ।
डेनमार्कविरुद्ध जित निकाल्दा अस्ट्रेलिया स्वतः नकआउट पुग्छ भने बराबरी हुँदा अर्को खेलमा फ्रान्सले ट्युनिसयासँग कम्तिमा बराबरी खेल्नुपर्ने हुन्छ । डेनमार्क नकआउट पुग्न उसले अस्ट्रेलियालाई हराउनु पर्ने छ भने फ्रान्सले ट्युनिसयासँग कम्तिमा बराबरी खेल्नुपर्ने हुन्छ।
यता, ट्युनिसिया भने कठीन अवस्थामा छ। नकआउट पुग्न उसले उपाधि दाबेदार फ्रान्सलाई हराउनु पर्ने छ र अस्ट्रेलियाको हारको कामना गर्ने छ।
यो समूहमा फ्रान्सले अस्ट्रेलियामाथि ४–१ र डेनमार्कमाथि २–१ जित निकालेको थियो । यता, अस्ट्रेलिया फ्रान्ससँग पारजित हुँदा ट्युनिसियालाई १–०ले हराएको थियो । ट्युनिसिया र डेनमर्कबीचको खेल बारबरीमा सकिएको छ। ६ अंकसहित फ्रान्स शीर्ष स्थानम रहँदा ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो र समान १ अंक जोडेको डेनमार्क र ट्युनिसिया तेस्रो र चौथो स्थानमा छन्।